एजेन्सी - युईएफए नेसन्स लिग अन्र्तगत गतराति भएकोे खेलमा जर्मनी स्वीट्जरल्यान्डसँग बराबरीमा रोकिएको छ ।
आफ्नो सुरुवाती अग्रतालाई अन्यतसम्म जोगाउन नसक्दा र बाँकी समयमा थप कुनै गोल गर्न नसक्दा जर्मनी स्वीट्जरल्यान्डसँग १–१ को बराबरीमा रोकिन बाध्य भएको हो ।
खेलमा १४ औं मिनेटमा जर्मनी का इल्काए गुन्डोगानले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए ।
यसबीचको बाँकीसमयमा जर्मनीबाट थप कुनै गोल नहुँदा ५७ औं मिनेटमा स्वीट्जरल्यान्ड खेलमा बराबरीमा फर्कियो ।
स्वीट्जरल्यान्डका सिल्भान विडमेरले गोल गर्दै जमैनीलाई हारबाट जोगाएका थिए । थप समयमा कुनै देशबाट पनि गोल नहुँदा दुबै देश बराबरी खेल खेलेका हुन् ।