एजेन्सी - युईएफए नेसन्स लिग अन्तर्गत गत राति भएको खेलमा युक्रेनमाथि स्पेनले ४–० ले हराएको छ ।
स्पेनको जितमा कप्तान सर्जियो रामोसको निर्णायक बने । प्रतियोगितामा रामोसले ३ मिनेटमा नै गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए ।
स्पेनका अन्सु फातीलाई सर्गी युक्रेनका क्रिभस्टभले फल गरेपछि प्राप्त पेनाल्टीलाई रामोसले गोलमा बदलेका थिए ।
खेलको २९औं मिनेटमा रामोसले नै व्यक्तिगत र क्लबको गोल संख्या दोब्बर बनाए । एकपछि अर्को गोल गरेको स्पेनले खेलको ३२ औं मिनेटमा फेरि अन्सु फातीको सहायतामा अर्को गोल गर्यो ।
प्रतियोगितामा युक्रेनमाथि आक्रामक खेलेको स्पेन खेलमा निकै हाबी भएको थियो । स्पेनलाई सहज जित दिलाउनका लागि खेलको ८४औं मिनेटमा फेरान टोरेसले गोल गरे ।
यति फराकिलो गोल अन्तरको जित निकालेको स्पेनसँग अन्तत युक्रेन स्तब्ध बन्न पुग्यो ।