एजेन्सी - बाज्रिलिएन योङ फुटबल स्टार फिलिपे कौटिन्हो बार्सिलोना फर्किएका छन् ।
उनी बार्सिलोना फर्किएर क्लबको प्रशिक्षणमा समेत सामेल भैसकेका छन् ।
उनी बार्सिलोनाको नयाँ सिजनका लागि क्लबमा जोडिएका हुन् ।
बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्दै आएका कौटिन्हो एक वर्षको लागि लोनमा बायर्न म्युनिख गएका थिए ।
केही समय अघि मात्र भएको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा कौटिन्हो आफ्नै पूर्व क्लबका लागि भारी साबित भएका थिए ।
बार्सिलोनामाथि बायर्नको ८–२ को जित उनले पनि दुई गोल र एक असिस्ट गरेका थिए ।
बार्सिलोनाबाट बायर्न पुगेका कौटिन्होलाई भने गत सिजन फलीफाप भएको थियो ।
उनले बायर्नबाट च्याम्पियन्स लिग,जर्मन कप तथा बुन्डेसलिगा जितेका थिए ।