एजेन्सी - पेरिस सेन्ट जर्मन (पीएसजी) का स्टार खेलाडी नेमार सहित अन्य ३ जना खेलाडीलाई कोरोना पोजेटिभ भएको छ ।
समाचार एजेन्सी एएफपीका अनुसार पीएसजीका नेमारसँगै अन्य फूटबलर एन्जेल डि मारिया र लिड्रो परडेसलाई कोरोना भएको बताएको छ ।
यी खेलाडीहरु च्याम्पियनस लिग सकिएपछि स्पेनको एउटा टापुमा छुट्टी मनाउन गएका थिए ।
केही समयअघि विभिन्न सञ्चार माध्यममा पीएसजीका खेलाडीहरुलाई कोरोना लागेको भन्ने समाचारहरु पनि आएका थिए ।
पीएसजीले आफ्ना खेलाडीहरुलाई कोरोना पोजेटिभ देखिएपछि क्लबको प्रशिक्षण बन्द गरिसकेको छ ।