एजेन्सी - एसी मिलानले ज्लाटान इब्राहिमोभिकसंग थप एक वर्षसम्म करार सम्झौता गरेको छ ।
इब्राहिमोभिकसंगस ७० लाख युरोमा सम्झौता गरिएको हो । उनको समय थपिएसँगै क्लबमा उनले र क्लबले राम्रो प्रदर्शन गर्ने मिलानले आशा गरेको छ ।
३८ वर्षिय पाका खेलाडीको साथमा एसी मिलान सात वर्ष पछि फेरी च्याम्पियनस लिग फुटबल प्रतियोगितामा प्रवेश गर्न सक्षम हुने मिलानले बताएको छ ।
मिडिया रिपोर्टका अनुसार इब्राहिमोभिकले सोमबार क्लब र कोच स्टीफनो पियोलीमा सामेल भए, जहाँ उनले पहिलो प्रशिक्षण सत्रमा भाग लिएका थिए ।
इब्राहिमोभिक यसअघि यो वर्षको जनवरीमा एसी मिलानमा ६ महिनाको लागि दोस्रो पटक आबद्ध भएका थिए ।
उनले मिलानलाई इटालियन लिगमा छैटौं स्थानमा र यूरोपा लिगमा स्थान हासिल गर्नका लागि सक्षम बनाएका थिए ।