काठमाडौं– स्पेनिस क्लब रियल सोसिडाडका मिडफिल्डर डेभिड सिल्भालाई कोरोना संक्रमण भएको छ । ला लिगा क्लब सोसिडाडले सिल्भालाई कोरोना संक्रमण भएको पुष्टि गरेको छ ।
भर्खरै प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटीबाट स्पेन आएका थिए । उनमा कोरोना संक्रमणका कुनै लक्षण नदेखिएको पनि बताइएको छ । सिल्भा अहिले सेल्फ आइसोलेसनमा बसेका छन् ।