एजेन्सी - फ्रेन्च लिग वानको नयाँ सिजनको पहिलो खेलमा लियोनले डिजोनलाई ४–१ गोल अन्तरले हराएको छ ।
शुक्रबार राति भएको खेलमा सुरुवातीमा डिजोनले अग्रता बनाएको थियो तर खेलमा टिकिरहन नसक्दा अन्त्यमा फराकिलो हार बेर्होन पुग्यो ।
खेलमा डिजोनका उरालियन स्किडेलरले १४औं मिनेटमा नै गोल गर्दै क्लबलाई अग्रता दिलाएका थिए । स्थिर रणनीति साथ अघि बढेको लियोनले ३९औं मिनेटमा मेम्फिस डिपाएको सहायतामा बराबरी गोल फर्कायो ।
डिजोनका एहमद नोउनचिलले म्याक्सवेल कर्नेटलाई लडाएपछि लियोनले पपेनाल्टी पाएको थियो । त्यस्तै ४५औं मिनेटमा डिजोनका वेस्ली लाउटोआले आत्मघाती गोल गर्न पुगेपछि लियोनको अर्को १ गोल सजिलै थपिएको थियो ।
त्यसको केही समयपछि पहिलो हाफको इन्ज्युरी समयको थप समयमा डिपाएले नै गोल गर्दै खेललाई ३ गोलको अग्रता र आफ्नो गोल संख्या दोब्बर बनाए ।
खेलमा एकपछि अर्को पेनाल्टी पाएको लियोनले ६६औं मिनेटमा पनि डिपाएको मदतमा अग्रता बढायो । योसँगै लियोनको गोल संख्या ४ पुग्यो भने खेलमा डिपाएले ह्याट्रिक गर्ने अवसर पाए ।