एजेन्सी - बार्सिलोनाका स्टार फुटबलर लियोनल मेस्सीले आफ्नो क्लब छाड्ने निर्णयलाई परिवर्तन गरे बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले पदबाट राजीनामा दिने खबर बाहिरिएको छ ।
केही समयअघि मेस्सीले आफु बार्सिलोना नबस्ने र यसको लागि प्रबन्ध मिलाइ दिनका लागि क्लबलाई चिठी लेखेका थिए ।
उनको यो निर्णयलाई लिएर क्लबको अकस्मात बैठक पनि बसेको थियो । मेस्सीले अध्यक्ष बार्टोमेउको कारणले क्लब छोड्न खोजेको अनुमान गरिएको थियो ।
बार्सिलोनामा १६ वर्षसम्म खेलेका मेस्सीले किन अकस्मात क्लब छोड्न चाहे भनेर पनि बार्सिलोनाको बोर्डमा कुरा भएको थियो ।
यदि मेस्सीले आफ्नो निर्णय बदलेको खण्डमा बार्टोमेउलाई बोर्डले हटाउने वा उनी स्वयंमले पदबाट राजीनामा दिने खबरले यतिबेला विश्व फुटबल जगत तरिंगत भएको छ ।