एजेन्सी - स्पेनीस फुटबल क्लब एफसी बार्सिलोनाका स्ट्राइकर लुइस सुआरेज पनि क्लबबाट बाहिरिने तयारीमा रहेको खबर स्पनेसका सञ्चार माध्यमहरुले बताएका छन् ।
बार्सिलोनामा नयाँ प्रशिक्षकमा रोनाल्ड कोइमान आएसँगै अहिले क्लबका धेरै खेलाडीहरुल परिवर्तन हुने खबर सार्वजनिक भैरहेका छन् ।
केही दिन पहिला मात्र बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्लब छोड्ने निर्णय गरेको खबर बाहिरिएको थियो ।
प्रशिक्षक कोइमान क्लबमा आएसँगै सुआरेजसँग भेट गरेको र आफ्नो अबको खेलको योजनामा उनी नरहेको बताएको स्पेनको स्थानीय रेडियो स्टेशन आरएसीले जनाएको छ ।
यो स्टेशन बार्सिलोना क्लबको एकदम नजिकको रेडियो स्टेशन मानिन्छ । सुआरेजको सम्झौता पनि जून २०२१ मा क्याम्प नाउमा समाप्त हुनेछ ।
क्लब उनको समय थप नगर्ने योजनामा गरेको बुझिन्छ । सुआरेज सन् २०१४ मा बार्सिलोनामा आबद्ध भएका थिए ।
उनले बार्सिलोनाका लागि हालसम्म २८३ खेलमा १९८ गोल गरेका छन् । यस अघि उनी लिभरपूलबाट खेल्ने गर्थे ।