काठमाडौं - युइएफए च्याम्पियन्स लिगमा आज उपाधिको लागि भिड्न्त हुँदैछ ।
लिगको अन्तिम फाइनल खेल आज राति १२ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।
पोर्चुगलको लिस्वनमा हुने लिगको उपाधिका लागि जर्मन क्लब बायर्न म्युनिख र फ्रान्स क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) आमने सामने हुँदैछन् ।
सेमिफाइनल खेलमा बायर्नले लियोनलाई तथा पीएसजीले आरबी लाइप्जिगलाई हराउँदै फाइनलमा स्थान बनाएका हुन् ।
आजको उपाधि भिडन्त निकै प्रतिस्पर्धात्क र रोचक हुने अनुमान गरिएको छ । फाइनल खेलमा बायर्नले जितेको खण्डमा छैटौपटक च्याम्पियन बन्ने छ भने पीएसजीले पहिलोपटक जित्दै इतिहास रच्ने छ ।