एजेन्सी - इन्टर मिलानलाई हराउँदै सेभिल्लाले युरोपा लिगको उपाधि आफ्नो पोल्टामा पारेको छ । शुक्रबार राति भएको फाइनलमा सेभिल्लाले मिलानलाई ३–२ गोलले पराजित गरेको हो ।
खेलको ५ औं मिनेटमा नै अग्रता लिएको मिलानले आफ्नो अग्रता टिकाउन नसक्दा उपाधि चुम्नबाट चुक्यो । मिलानले रोमेलु लुकाकुको पेनाल्टी गोलमा अग्रता लिएको थियो ।
सेभिल्लाका कार्लोसले लुकाकुलाई लडाएपछि मिलाने पेनाल्टी पाएको थियो । तर खेलमा प्रतिस्पर्धात्मक देखिएको सेभिल्लाले मिलानको त्यो अग्रता धेरैसमयसम्म टिक्न दिएन ।
सेभिल्लाले लुक डे जोङको सहायतामा खेलको १२ औं मिनेटमा नै बराबरी गोल फर्कायो । सेभिल्लाले ३३ औं मिनेटमा जोङकै गोलमा फेरि अर्को अग्रता बनायो ।
तर मिलानले त्यसको २ मिनेटमा नै डिएगो गोडीनको गोलमा खेल बराबरीमा ल्यायो । पहिलोमा यतिमा सिमित भएको खेलमा ७४ औं मिनेटमा लुकाकुले गर्दा मिलानले सजिलै उपाधि सुम्पिन बाध्य भयो ।
सेभिल्लाका डिएगो कार्लोसले प्रहार गरेको बल लुकाकुलाई छोएर ओ जी हुँदा सेभिल्लाले आफ्नो गोल संख्या तीन पुर्याउन सफल भयो । योसँगै सेभिल्लाले सजिलै उपाधी हात पार्यो ।