एजेन्सी - इन्डियन प्रिमियर लिग (आईपीएल) को लागि युएई प्रस्थान गरेका छन् । किंग्स इलेवन पंजाब, राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्स (केकेआर) को टोली बिहीबार युएईमा पुगेको हो ।
बढ्दो कोरोनाको जोखिमलाई ध्यान दिँदै राजस्थानका खेलाडीहरू पीपीई किटको साथ र पंजाबका खेलाडीहरू मास्क र ग्लोभ्स लगाएर गएका थिए ।
चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सको टीम आज जाने बताइएको छ । कोरोनाका कारण आईपीएल युएईमा १ सेप्टेम्बरदेखि १० नोभेम्बरसम्म हुनेछ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले २० अगस्तपछि मात्र सबै फ्रान्चाइजीलाई युएई प्रस्थान गर्न अनुमोदन गरेको थियो ।