काठमाडौं– गएराती भएको खेलमा सख्तर डोनेस्कलाई ५–० गोल अन्तरले पराजित गर्दै इन्टर मिलान युरोपा लिगको फाइनल चरणमा प्रवेश गरेको छ ।
जर्मनीमा भएको खेलमा मिलानको जितका लागि मार्टिनेज र रोमेलुले समान २÷२ गोल गरेका थिए । डानिलोने १ गोल गरेका हुन् ।
९ वर्षपछि युरोपा लिगको उपाधि उचाल्ने दाउमा रहेको मिलानले फाइनलमा स्पेनिस क्लब सेभिल्लासँग प्रतिस्पर्धा गर्ने छ । सेभिल्ला आइतबार राति भएको खेलमा प्रीमियर लिग क्लब म्यान्चेस्टर युनाइटेडलाई पराजित गर्दै फाइन प्रवेश गरेको थियो ।