एजेन्सी - युरोपा लिगमा आइतबार राति भएको खेलमा सेभिल्लासँग म्यानचेस्टर युनाइटेड पराजित भएको छ ।
लिगको सेमिफाइनल खेलमा म्यानचेस्टर युनाइटेड सेभिल्लासँग २–१ गोलले हारेको हो । जितसँगै सेभिल्ला यूईएफए च्याम्पियन्स् लिगको फाइनलमा पुगेको छ ।
खेलको ९ औं मिनेटमा नै युनाइटेडले अग्रता लिए पनि उसले बाँकी समय पहिले जस्तो खेल्न सकेन । युनाइटेडका लागि बु्रनो फर्नान्डेसले पेनाल्टीमार्फत गोल गरेका थिए ।
सेभिल्लाका डिएगो कार्लोसले मार्कस रासफर्डलाई फल गरेपछि युनाइटेडले पेनाल्टी पाएको थियो । तर खेलको २६ औं मिनेटमा नै सेभिल्लाका सुसोले गोल गरेपछि खेल बराबरीमा आएको थियो ।
फाइनल पुग्नका कसररत यी दुवै क्लबको खेल निकै नै प्रतिस्पर्धात्मक बनेको थियो । सेभिल्ला लुक डे जोङले खेलको ७८ औं मिनेटमो गोल गरेपछि सेभिल्ला जित तर्फ अग्रसर बन्यो ।
यसपछिको बाँकी समयमा युनाइटेडबाट थप कुनै गोल हुन नसक्दा युनाइटेड फाइनल नखेली घर जान बाध्य भयो ।