काठमाडौं– नेपालले प्रतिस्पर्धा गरिरहेको फिफा विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गतका बाँकी खेलहरु फेरि स्थगित गरिएको छ ।
एसियन फुटबल कन्फेडेरेसन (एएफसी)ले कोरोना महामारीका कारण अक्टोबर र नोभेम्बरमा तय गरिएको छनोट खेलहरु सबै स्थगित गरेको हो । नेपालले यी दुवैमा विश्वकप र तीन होम खेल खेल्न बाँकी छ ।
नेपालमै असोज र कात्तिकमा हुने भनिएको खेल स्थगित भएपछि निश्चित मिति नतोकिएपनि ती खेलहरु सन् २०२१ मा हुने एउफसीले जनाएको छ । समूह ‘बी’ मा रहेको नेपाल ३ खेलबाट को ५ अंक लिइसकेको छ ।
सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप र सन् २०२३ मा चीनमा हुने एएफसी एसियन कप हुँदैछ ।