काठमाडौं - अखिल नेपाल फुटबल संघ (एन्फा) ले आजदेखि खेलाडीहरुको कोरोना परीक्षण गर्ने भएको छ ।
भदौ १ गतेदेखि सुरु हुने फिफा विश्वकप छनोटको अभ्यासका लागि यतिबेला खेलाडीहरु क्वारेन्टाइनमा बसेका छन् ।
नेपाली राष्ट्रिय पुरुष टीमका ३३ जना खेलाडी प्रशिक्षण सुरु गर्नु अघि क्वारेन्टाइनमा बसेका हुन् ।
एन्फाले खेलाडीसँगै आफ्नो कर्मचारी तथा प्रशिक्षकको पनि कोरोना परीक्षण गर्नेछ ।
आज ११ जना खेलाडीहरुको कोरोना परिक्षण हुने बताइएको छ । जसमा काठमाडौं बाहिर घर भएका र अहिले होटेलको क्वारेन्टाइनमा बस्दै आएकाहरु परेका छन् ।
उनीहरुको पाटन अस्पतालमा बिहान १० बजेदेखि कोरोना परिक्षण हुनेछ । बाकीँ काठमाडौंमै घरमा नै बसेका २२ जना खेलाडीहरुको भने यसपछि हुने छ ।