एजेन्सी - रियल म्याड्रिड र युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरिएका छन् ।
शुक्रबार राति भएको खेलमा रियल म्याड्रिड म्यानचेस्टर सिटीसंग पराजित भयो । त्यस्तै युभेन्टसले लियोनलाई पराजित गरे पनि युभेन्टस पहिलो खेलमा हारेको कारणले एग्रिगेटमा यी दुवै क्लब च्याम्पियन्स लिगको राउन्ड अफ १६ बाटै बाहिरिएका हुन् ।
यो संगै सिटी र लियोन भने लिगको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । रियल नटआउट चरणको पहिलो र दोस्रो गेम दुवैमा सिटीसंग २–१ गेलले पराजित भएको हो । खेलको ९ औं मिनेटमा नै सिटीले रहिम स्टर्लिङको गोलमा अग्रता लिएको थियो ।
प्रतिस्पर्धात्मक बनेको खेलमा खेलको २८ औं मिनेटमा करिम बेन्जेमाले बराबरी गोल फर्काएका थिए । तर रियलले त्यसयता कुनै गोल गर्न सकेन ।
सिटीका गाबरियल जेससले ६८ औं मिनेटमा गोल गर्दै टीमको जित सुनिश्चित गरे । सिटीले अब क्वाटरफाइनलमा युभेन्टसलाई जितेको फ्रान्सेली क्लब लियोनसंग सामना गर्नेछ ।
लियोनसंग बराबरी खेलेपनि युभेन्टस च्याम्पियन्स लिगको राउन्ड अफ १६ बाट घर फर्केको छ । शुक्रबार राति भएको खेलमा युभेन्टसले लियोनलाई २–१ ले पराजित गर्यो ।
यद्दपी पहिलो लिगमा पहिलो लेग १–० ले पराजित भएको युभेन्टस समग्रमा खेलमा २–२ को अकं भएपछि घर फर्कन बाध्य भएको हो ।
गत राति भएको खेलमा लियोनले खेलको १२ औं मिनेटमा नै पेनाल्टीमार्फत अग्रता लियो । युभेन्टसका रोड्रीगो बेन्टान्कुरले हुसेम औआरलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि लियोनले पेनाल्टी पाएको हो ।
रोमाञ्चक ढंगले अघि बढिरहेको खेलमा खेलको ४३ औं मिनेटमा युभेन्टसका क्रिस्टियानो रोनाल्डोले गोल गर्दै खेललाई बराबरीमा ल्याए । लियोनका मेम्फिस डिपाएको हातमा बलले लागेपछि पेनाल्टी युभेन्टस पाएको थियो ।
खेलको ६० औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै व्यक्तिगत र क्लबको अग्रता दोब्बर पारे । तर पहिलै हार बेहोरेका कारण युभेन्टस लिगको क्वाटरफानलमा प्रवेश गर्न भने पाएन । युभेन्टस विजेता लियोनले अब क्वाटरफाइनलमा म्यानचेस्टर सिटीसंग खेल्नेछ ।