एजेन्सी - बायर लिभरकुसन र एफसी बसेल युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बिहीबार राति भएको खेलमा बायर लिभरकुसनले स्कटिस क्लब रेन्जर्सलाई १–० ले हरायो ।
बायरको जितमा मोउसा डियावीले खेलको ५१औं मिनेटमा गरेको गोल नै जित्नको लागि निर्णायक बन्यो । अब सेमिफाइनल प्रवेश गर्नका लागि लिभरकुसन र इन्टर मिलान आमनेसामने हुनेछन् ।
बिहीबार नै भएको अर्को खेलमा एफसी बसेलले आइनट्राख्ट फ्रान्कफर्टलाई १–० ले पराजित गर्यो । बसेलको जितमा खेलको अन्तिम समयमा फावियन फेरीले गरेको गोल नै महत्वपूर्ण बन्यो । अब सेमिफाइनल प्रवेश गर्नका लागि बसेल र साख्तर डोनेस्कको भिडने छन् ।