एजेन्सी - इन्टर मिलान र म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । इन्टर मिलानले गेटाफेलाई तथा युनाइटेडले लास्कलाई पराजित गर्दै क्वाटरफाइनलमा गएका हुन् ।
बुधबार राति भएको खेलमा इन्टरले गेटाफेलाई २–० ले हरायो भने युनाइटेडले लास्कलाई २–१ गोलले पराजित गर्यो । खेलमा मिलानका रोमेलु लुकाकुले खेलको ३३ औं मिनेटमा तथा क्रिस्टियन इरिक्सनले ८३ औं मिनेटमा गोल गरेका थिए ।
त्यस्तै युनाइटेडलाई जित दिलाउन भने जेसे लिंगार्ड र एन्थोनी मार्सियलले एक एक गोल गरे । जेसे लिंगार्डले खेलको ५७ औं मिनेटमा तथा एन्थोनी मार्सियलले ८८ औं मिनेटमा गोल गरेका थिए ।
लास्कका फिलिप वेइसिंगरले भने ५५औं गरेको गोल सान्त्वना गोल गरे । अब १० अगस्टमा हुने क्वाटरफाइनलमा युनाइटेडले डेनमार्कको क्लब एफसीसंग खेल्ने छ ।