एजेन्सी - युभेन्टस शनिबार राति भएको इटालियन सिरी ‘ए’ को अन्तिम खेलमा पराजित भएको छ ।
युभेन्टस आफ्नै घरेलु मैदान एलिएन्ज एरिनामा रोमासँग ३–१ गोलले पराजित भएको हो ।
युभेन्टसले गोन्जाले हिगुआइनको सहायतामा खेलको ५ औं मिनेटमा नै खेलमा अग्रता लिएको थियो ।
तर युभेन्टसमा ३ गोलले पराजित भएपछि हिगुआइनको गोल नै सान्त्वना बन्यो । रोमालाई जित दिलाउन भने डिएगो पेरोट्टीले २ गोल तथा निकोला कालिनिकले १ गोल गरेका थिए ।
खेलमा नकोलाले २३ औं मिनेटमा तथा पेरोट्टीले ४४ औं र ५२ औं मिनेटमा गोल गरेका थिए । युभेन्टसका डानिलोले रिकार्डोले कालाफिओरीलाई फल गरेपछि रोमाले पेनाल्टी पाएको थियो ।
यो खेलमा हार बेहोरे पनि युनेन्टसले तीन खेल खेल्नु अघि नै यो सिजनको ट्रफी उचाली सकेको छ ।
लिगमा युभेन्टसले यो सिजन ८३ अंक जोड्न सक्यो भने रोमाले ७० अंक बनायो । सिरी ‘ए’ मा यो वर्ष रोमा ५ औं स्थानमा आयो ।