एजेन्सी - इटालियन खेलाडी तथा युभेन्ट्सका पूर्व खेलाडी आन्द्रे पिर्लो युभेन्ट्स फर्किएका छन् ।
उनी क्लब छोडेको ५ वर्षपछि प्रशिक्षकको रुपमा क्लबमा पुनः फर्किएका हुन् ।
युभेन्टसले बिहीबार एक विज्ञप्ति जारी गर्दै आफ्नो क्लबको पूर्व खेलाडी पिर्र्लोलाई यु–२३ टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
पहिलो पटक प्रशिक्षणको जिम्मेवारी पाएका पिर्लोको थप सम्झौताबारे भने केही पनि खुलाइएको छैन् । उनले सन् २०११ देखि २०१५ सम्म युभेन्ट्सबाट खेलेका थिए ।
उनले युभेन्टसका लागि १६४ खेलमा १९ गोल गरेका छन् ।
उनी युभेन्टस छँदा चार पटक सिरी ‘ए’ र एक कोपा इटालिया र सुपर कोपा जितेका छन् ।
पिर्लोले सन् २०१५ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए ।