काठमाडौं– गत साउन १३ गते काठमाडौं प्रहरीले कमलादीमा १५ किलो पहेँलो धातु बरामद गर्यो । सुनजस्तो लाग्ने उक्त बस्तु परिक्षण गर्दा ५०० ग्राम मात्रै सुन भेटियो ।
यहि घटनामा संलग्न ३ जनालाई बिहिबार प्रहरीले पक्राउ गरेको छ । देवान पटेल, विजय पटेल र निलेश सखियालाई नवलपरासीको दुम्कीबास क्षेत्रबाट पक्राउ गरेको हो ।
स्कार्पियो गाडीबाट सामान फालेका उनीहरु अर्कै कार भाडामा लिएर भाग्दै गरेको प्रहरीले जनाएको छ ।