काठमाडौं– कोरोना कहरका कारण भएको लकडाउनसँगै बन्द भएका देशभरका होटल व्यवसाय आजबाट सञ्चालनमा आएका छन् । गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले साउन १५ बाट होटल, रेष्टुराँ, ट्रेकिङ, ट्राभल र पर्वतारोहणसँग सम्बन्धित क्षेत्र खोल्ने निर्णय गरेको थियो ।
सो निर्णय अनुरुप आजबाट देशभरका होटल व्यसाय सञ्चालन सुरु भएको होटल संघ नेपालका बरिष्ठ उपाध्यक्ष विनायक शाहले जानकारी दिए । कतिपय भने अझैं खुल्ने तयारीमा रहेको पनि उनले जनाएका छन् ।
होटल व्यवसाय सञ्चालन गदौ सरकारले स्वास्थ्य सुरक्षा सम्बन्धि जारी गरेका मापदण्ड पालना गर्दै होटल सञ्चालन गर्ने शाहले बताए ।