काठमाडौ - नेपाली क्रिकेटर सन्दीप लामिछाने आज ट्रिनीडाडका लागि प्रस्थान गर्दैछन् ।
उनी आज विहान १० बजे कोरियन एयरलाइन्सको चार्टर्ड विमानमार्फत सीपीएल खेल्न जान लागेका हुन् ।
गत मंगलबार ललितपुरको सानेपास्थित स्टार अस्पतालमा दिइएको उनको स्वाबको परिक्षण रिपोर्ट नेगेटिभ आएपछि उनी ट्रिनीडाड जाने भएका हुन् ।
बुधबार उनको फ्लाइटको पनि व्यवस्था भएपछि उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट खेल्न जाने पक्का भएको उनको व्यवस्थापकले बताएका छन् ।
ट्रिनीडाड पुगेपछि उनी १४ दिन क्वारेन्टिनमा बस्ने जनाइएको छ ।
सन्दीपलाई सीपीएल खेल्नका लागि जमैका तलाहवाजले एक करोड नेपाली रुपैयाँमा अनुबन्ध गरेको हो ।
अगस्ट १८ देखि सुरु हुने सीपीएलमा सन्दीपको टिम जमैकाले अगस्ट १९ मा सेन्ट लुसिया जुक्सविरुद्ध पहिलो खेल खेल्ने छ ।