एजेन्सी - इटालियन सिरी ‘ए’ मा बुधबार राति भएको खेलमा एसी मिलानले उत्कृष्ठ प्रदर्शन गरेको छ ।
साम्पडोरियासंग भएको खेलमा मिलानले उसकै होममा ४–१ को फराकिलो गोलले पराजित गरेको हो ।
मिलानको जितमा ज्लाटन इभ्राहिमोभिचले २ गोल तथा हकान कलहानोग्लु र राफयल लियोले १÷१ गोल गरेका थिए ।
मिलानले ज्लाटन इभ्राहिमोभिचको गोलमा खेलको चार मिनेटमा नै अग्रता लिएको थियो ।
त्यसपछि मिलानले खेलाडी हकानले इभ्राहिमोभिचले ५२ औं मिनेटमा, इभ्राहिमोभिचले ५८औं मिनेटमा र इन्ज्युरी समयमा राफयल लियोले थप गोल गरे । साम्पडोरियाका क्रिस्टोफोर एस्किल्दसेनले भने एक गोल फर्काए ।
यो जितसँगै मिलानको ३७ खेलबाट ६३ अंक पुगेको छ भने मिलान अर्को सिजनको युरोपा लिगमा समेत छनोट भएको छ ।
साम्पडोरिया ४१ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।