काठमाडौं– निरन्तरको वर्षापछि गएको पहिरोमा परेर कालिकोट नरहरिनाथ गाउँपालिकामा ८ जनाको मृत्यु भएको छ ।
गएराति गएको गएको पहिरोमा नरहरिनाथ ७ नम्बर वडाका ६५ वर्षीया गंगे बुढाको घर पुरिँदा उनीसहित उनकी ६१ वर्षीय श्रीमती नैना, २४ वर्षीय बुहारी कुशा, १८ वर्षीय छोरी विमला, १० वर्षया नातिनी चन्द्रिका, ७ वर्षीय नाती राम बढा र १ वर्षीय चरित्र बुढाको मृत्यु भएको हो ।
६ जनाको घटनास्थलमा नै मृत्यु भएको हो । छोरी विमलाको भने उद्धार गरी उपचारका क्रममा मृत्यु भएको हो ।
नरहरिनाथ ४ नम्बर वडाका ६५ वर्षीय बाले बुढाको घर पहिरोमा पुरिदा उनकी ६५ वर्षीया श्रीमती मनाको मृत्यु प्रहरीले जनाएको छ । बाले बुढा भने पहिरोमै पुरिएर बेपत्ता भएका छन् । उनको खोजी कार्य भैरको प्रहरीले जानकारी दिएको छ ।