दोलखा– घरमाथिबाट आएको ढुङ्गाले लागेर दोलखाको विगु गाउँपालिका–४ सिङ्गटी निवासी ३५ वर्षीया रेणु थामीको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहोराका अनुसार थामीलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएको हो ।
उनलाई घरमै काम गरिरहेको बेला पाँच सय मिटर माथिबाट आएको ढुङ्गाले लागेको थियो । उनको टाउको खट्टामा गहिरो चोट लागेपछि अत्यधिक रक्तश्राव भएको जनाइएको छ ।