बाग्लुङ– अविरल वर्षापछि गएको पहिरोमा परि बाग्लुङमा ३ जनाको मृत्यु भएको छ । बाग्लुङको तमानखोला र निसीखोला गाउँपालिकाका ३ जना बालबालिकाको मृत्यु भएको हो ।
मंगलबार बिहान ३ बजे खसेको पहिरोमा पुरिएर तमानखोला गाउँपालिकाका १२ वर्षीया रीता विक, १३ वर्षीय खिमबहादुर विकको मृत्यु भएको प्रहरी नायब उपरिक्षक राजेन्द्र रेग्मीले जानकारी दिए । सँगै सुतेकी उनीहरुकी आमा होमकुमारी विक घाइते भएकी छिन् ।
यस्तै, सोमबार राती निसिखोला गाउँपालिकामा कमल परियारको घर पुरिँदा उनका ५ वर्षीय छोरा समिर परियारको मृत्यु भएको छ । उनका छोरी र श्रीमती भने भागेर जाेगिएका छन् ।