काठमाडौं– सामाजिक सञ्जालमार्फत अनलाइन व्यवसायको नाममा ठगी गरेको आरोपमा एक युवक पक्राउ पक्राउ परेका छन् ।
फेसबुक, इन्टाग्राममार्फत अनलाइन व्यवसायको प्रचार गर्दै विभिन्न माध्यममार्फत पैसा असुली गरी डेलिभरी नगरी ठगी गर्ने धनुषाका २४ वर्षीय धीरज साहलाई महानगरीय अपराध शाखा मीनभवनले इमाडोलबाट पक्राउ गरेको हो ।
पक्राउ परेका साहविरुद्ध विरुद्ध पीडितहरुले दुई लाख ७९ हजार नौ सय १० रुपैयाँ ठगी गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो । साविज कुरियल सर्भिस नामको अनलाइन सेवा मार्फत उनले कारोबार गर्दै विभिन्न सामान होम डेलिभरी गरिदिने प्रचार गर्दै आएका थिए ।
उनलाई ठगी मुद्धामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाण्डौं पठाईएको छ । साहले बेबीकार सिट, भारतबाट साडी कुर्ता ल्याइदिने, ब्राण्डेड घडी, जुत्ता,, मोबाइल आदिको इसेवा र बैंकमार्फत एडभान्स लिने गरेका थिए ।