काठमाडौं– पत्नी हत्याको अभियोगमा जेल परेका सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाको सजाय घटाउने निर्णयको पुनरावलोकन हुने भएको छ । सर्वोच्चको उक्त फैसला विरुद्ध परेको रिटको सुनुवाइ गर्दै न्यायाधीशहरु बमबहादुर श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासले पुनरावलोकनलाई अनुमति दिने आदेश सुनाएको हो ।
सशस्त्र प्रहरीका पूर्वडीआईजी कोइरलाले पत्नी गीता ढकालको हत्या गरी मकवानपुरको टिस्टुङमा लगि शव जलाएर नष्ट गरेका थिए ।
सोही अभियोगमा जेल चलान भएका कोइरालालाई असार १५ गते साढे ८ वर्ष कैद सजायको मक्सद पुरा हुने फैसला गरेपछि महानयाधिवक्ताको कार्यालयले पैसलाविरुद्ध पुनरावलोकनको निवेदन दर्ता गराएको थियो ।
सर्वोच्चको फैसलाअनुसार कोइराला गत साउन ८ मा रिहा भएका छन् ।