काठमाडौं– श्रीमती हत्याको आरोपमा सर्वस्वसहित जन्मकैदको फैसला सहित जेलमा रहेका रञ्जन कोइरालाको सजाय घटाउने सर्वोच्च विरुद्ध निवेदन दर्ता भएको छ । पुनरावलोकनका लागि दर्ता भएको उक्त निवेदनमा पेसीमा परेको छ ।
निवेदनमाथि आज न्यायाधीश बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मीको इजलासमा सुनुवाई हुनेछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश तेजबहादुर केसीको इजलासले कोइरालाको सजाय घटाउने फैसला गरेको थियो ।
सशस्त्र प्रहरीका पूर्वडीआईजी कोइरलाले पत्नी गीता ढकालको हत्या गरी मकवानपुरको टिस्टुङमा लगि शव जलाएर नष्ट गरेका थिए ।
सोही अभियोगमा जेल चलान भएका कोइरालालाई असार १५ गते साढे ८ वर्ष कैद सजायको मक्सद पुरा हुने फैसला गरेपछि महानयाधिवक्ताको कार्यालयले पैसलाविरुद्ध पुनरावलोकनको निवेदन दर्ता गराएको थियो । आजको इजलासले उक्त फैसलाको पुनरावलोकनका लागि अनुमति दिने नदिने निर्णय गर्ने छ ।