काठमाडौं– आज काठमाडौं उपत्यकामा तीन जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज काठमाडौंका २ र ललितपुरका १ जनामा कोरोना पुष्टि भएको बताएका छन् ।
त्यस्तै, नेपालभर आज १ सय ९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या १८ हजार ४८३ पुगेको छ ।
शनिबार १ सय ६ जना कोरोनामुक्त भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या १३ हजार ५३ पुगको छ । देशभर ५ हजार ३ सय ८५ जना सक्रिय संक्रमित रहेका छन् ।
हालसम्म नेपालमा कोरोना संक्रमणबाट ४५ जनाको मृत्यु भएको छ ।
