जेनेभा– विश्वमा शुक्रबारसम्म १ करोड ५६ लाख ६६ हजार ८४० जना व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना भाइरस संक्रमणका कारण विश्वभरि ६ लाख ३६ हजार ७ सय ८७ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जानकारी दिएको छ ।
हालसम्म ९५ लाख ५४ हजार ८ सय ९० जना कोरोनामुक्त भएका छन् । विश्वभरमा ५४ लाख ७५ हजार १ सय ६३ व्यक्तिको उपचार भइरहेको छ । उनीहरूमध्ये ६६ हजार १८४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।