एजेन्सी - स्पेनीस क्लब भिल्लारियलले युनाई इम्रीलाई आफ्नो क्लबको मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरेको छ ।
उनलाई भिल्लारियलले बिहीबार क्लबमा तीन वर्षको लागि नियुक्त गरेको हो । उनी सन् २०२३ सम्म यो क्लबमा रहनेछन् ।
४८ वर्षीय इम्रीले आर्सनललाई हाम्रोसंग अघि बढाउन नसकेपछि उनी गत नोभेम्बरमा बर्खास्त भएका थिए ।
इम्रीले यस अघि पनि स्पेनीस क्लब सेभिल्ला र भ्यालेन्सियालाई पनि प्रशिक्षकको रुपमा समाली समेका छन् ।
त्यस्तै उनले इंग्लिस क्लब आर्सनल तथा फ्रेन्च क्लबमा प्रशिक्षक रहिसकेका छन् ।
इम्रीले सेभिल्लालाई लगातार तीन सिजन युरोपा लिगको उपाधी दिलाएका थिए ।
उनी पीएसजीमा रहदा एकपटक लिग वान र दुईपटक फ्रेन्च कप र ट्रफी डि च्याम्पियन जिताएका थिए ।