काठमाडौं– पछिल्लो २४ घण्टामा १ सय ४७ जना काेराेना संक्रमित थपिएका छन् । योसँगै नेपालमा १८ हजार २ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आजै कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।
बिहीबार काठमाडौंमा मात्रै ५ जना व्यक्ति कोरो संक्रमित भेटिएका छन् । भक्तपुर तथा ललितपुरमा २-२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
पछिल्लो २४ घण्टामा १ सय ५६ जना निको भएर घर फर्किएका छन् ।