एजेन्सी– इंग्लिस प्रिमियर लिगअन्तर्गत बुधबार राति भएको खेलमा म्यान्चेस्टर युनाइटेड वेस्ट ह्यामसंग बराबरीमा रोकिएका छन् ।
यी दुवै क्लबले खेलमा एक एक गोल गरेपछि बराबरीमा रोकिएका हुन् । युनाइटेडको घरेलु मैदानमा खेल भएपनि उसले फाइदा उठाउन सकेन ।
खेलमा पहिलो हाफको इन्ज्युरी समयमा वेस्टह्यामका मिकेल एन्टोनियोले क्लबलाई अग्रता दिलाएका थिए । युनाइटेडका पोल पोग्बाले डिबक्स भित्र ह्यान्डबल गरेपछि पेनाल्टी पाएको वेस्ट ह्यामले त्यसको सदुपयोग गरेको थियो ।
युनाइटेडले यो अग्रता धेरै समयसम्म टिक्न दिएन । दोस्रो हाफको ५१ औं मिनेटमा युनाइटेडका मेसन ग्रिनवूडले गोल गर्दै क्लबलाई बराबरीमा ल्याए ।
त्यसपछिको बराबरी खेलमा दुवै टिमबाट गोल हुन नसक्दा खेल बराबरीमा रोकियो ।
बराबरी खेलेपनि युनाइटेड ३७ खेलबाट ६३ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ । वेस्ट ह्यामका ३८ अंक साथ १५ औं स्थानमा छ ।