एजेन्सी – इंग्लिस प्रिमियर लिगमा सोमबार राति भएको खेलमा क्रिस्टल प्यालेसलाई हराउँदै वल्भ्स विजयी भएको छ ।
क्रिस्टल प्यालेसलाई वल्भ्सले २–० गोलले पराजित गरेको हो ।
वल्भ्सको जित उसका खेलाडी ड्यानिल पोडेन्सले ४१ औं र जोनीले ६८ औं मिनेटमा गोल गरेका थिए ।
यो जितसंगै लिगमा वल्भ्स ५९ अंकका साथ छैटौं स्थानमा उक्लिएको छ ।
क्रिस्टल प्यालेस भने ४२ अंक बटुल्दै १४ औं स्थानमा रहेको छ ।