काठमाडौं– अघिल्ला वर्षहरुमा साउनमा पशुपतिमा विशेष भीड लाग्ने गथ्र्यो । साउन शिवको महिना भएकाले पनि दर्शनार्थीले सोमबार विशेष पूजा आरधना गर्थे । यो वर्ष परिस्थिती फरक छ । कोरोना कहरका कारण बन्द पशुपति मन्दिर साउनको पहिलो सोमबार नखुल्ने भएको छ ।
सरकारले नै मन्दिर, विद्यालयलगायत धेरै भीडभाड हुने ठाउँ नखोल्ने निर्णय जारी राखेकोले पशुपतिनाथको मन्दिर पनि खुल्ला नगरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले जानकारी दिए ।
सरकारले मन्दिर खोल्ने निर्णय नगरेसम्म भक्तजनका लागि पूजाआजा र दर्शनका लागि मन्दिर नखुल्ने ढकालको भनाई छ । उनले सरकारले नै मन्दिर खोल्ने निर्णय गरेपछि पनि पशुपतिमा पहिलेझैं दर्शन गर्न पाइने छैन ।