नेपालमा बिहीबार १ सय ६७ जनामा कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका डा. जागेश्वर गौतमले बताएका छन् । उनले २७ वटा प्रयोगशालामा गरिएको परीक्षणमा आज १ सय ६७ जनामा कोरोना संक्रमित देखिएको बताएका हुन् ।
गौतमका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ५६ छ भने कुल संक्रमितको संख्या १७ जार ३ सय ५४ छ ।