काठमाडौं- नेपाल प्रहरीका दुई प्रहरी नायब महानिरिक्षक (डिआइजी) काे प्रहरी अतिरिक्त महानिरिक्षक (एआइजी)मा बढुवाका लागि सिफारिस गरिएको छ । गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिले डिआइजी प्रधुम्न कुमार कार्की र निरज बहादुर शाहीलाई बढुवाका लागि सिफारिस गरेको हो ।
भुतपूर्व आइजीपी ठाकुर ज्ञवालीसँगै एआइजी तारिणी प्रसाद लम्सालले पनि अवकाश पाएकाे र अर्का एआइजी शैलेश थापा क्षेत्री आइजीपीमा बढुवा भएपछि रिक्त पदमा कार्की र शाहीलाई बढुवा गर्न लागिएकाे हो ।
