काठमाडाैं - अस्पतालमा भर्ना भएका बिरामीमा कोरोना पाेजेटिभ देखिएपछि बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा आकस्मिक बाहेकका सबै सेवा बन्द भएकाे छ ।
आज बिहान गंगालाल अस्पतालले सूचना जारी गरि आकस्मिकबाहेका सेवा बन्द गरिएको जनाएको छ। केही दिनअघि गरिएको पीसीआर परीक्षणमा गंगालाल अस्पतालमा उपचाररतमध्ये सातजनाको कोभिड-१९ नतिजा पोजिटिभ आएको हाे ।
यसअघि त्रिवि शिक्षण अस्पताल, नर्भिक, ह्याम्स्, स्टार अस्पताललगायतका अस्पतालमा पनि बिरामी तथा स्वास्थ्यकर्मीमा कोरोना देखिएको थियो।