विश्वमा फैलिरहेको कोरोना भाइरस संक्रमणलाई ध्यानमा राखेर जिल्लामा स्थापित विभिन्न स्वास्थ्य सहायता कक्षबाट २३ हजारभन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको छ। विभिन्न स्थान तथा नाकामा राखिएको हेल्थ डेस्कबाट शुक्रबारसम्म २३ हजार ४९ जनाको स्वास्थ्य परीक्षण गरिएको क्वीक रेस्पोन्स टिमले जनाएको छ।
लमजुङको मुख्य प्रवेशद्वार सुन्दरबजार नगरपालिका –७ पाउँदीबजारमा राखिएको स्वास्थ्य सहायता कक्षमा सबैभन्दा बढी १२ हजार २२४ जनाको परीक्षण भएको छ। त्यस्तै मध्यनेपाल नगरपालिकास्थित दुईपिप्ले स्वास्थ्य सहायता कक्षमा सात हजार ८८७ हजार र सो नगरको रामबजारमा राखिएको हेल्थ डेस्कमा दुई हजार १८६ जनाको स्वास्थ्य परीक्षण भएको छ।
बेँसीशहर नगरपालिका –७ मनाङ्गे चौतारामा राखिएको स्वास्थ्य सहायता कक्षमा दुई हजार १९८ जनाको परीक्षण भएको छ। त्यस्तै क्व्होलासोथर गाउँपालिकास्थित वाग्लुङपानीमा उक हजार १४५, पसगाउँमा एक हजार २१३, सिङ्दीमा ६९०, झिमुडाँडामा एक हजार २४, घलेगाउँमा ३८६ र भोजेमा राखिएको स्वास्थ्य सहायता कक्षमा ९३ जनाको परीक्ष्क्षण भएको छ।
कोराना भाइरस संक्रमणको त्रास फैलिएसँगै लकडाउन हुनुपूर्व नै बाहिरी जिल्ला र विदेशबाट आउने व्यक्तिको स्वास्थ्य जाँचका लागि विभिन्न स्थानीय तहमा हेल्थ डेस्क स्थापना गरिएको थियो। (रासस)