एजेन्सी– टर्कीका गृहमन्त्री सुलेमान सोयलुले लकडाउन लागू गर्न नसकेको भन्दै पदबाट राजीनामा दिएका छन्।
सुलेमान राष्ट्रपति रिसेप तैयप एर्दोआनका निकट सहयोगी मानिन्छन्। टर्कीले सबै ३१ सहरमा लकडाउन घोषणा गरेको थियो तर लकडाउन घोषणा गरेपछि त्यहाँ मानिसहरु समस्यामा परेका थिए।)
प्रशासनले दैनिक उपभोग्य वस्तु तथा औषधिको खरिदमा कुनै प्रतिबन्ध नलाग्ने भनेर सम्झाए पनि स्थिति नियन्त्रणमा आउन सकेन। अचानक कर्फÞ्यू लगाएको भन्दै नागरिक र विपक्षी नेताहरुले सरकारको आलोचना गरे।
इस्तांबुलमा १.६ करोड मानिसको बसोबास छ। त्यहाँका मानिसहरु पनि सबै घर बाहिर निस्कन थाले। शहरका मेयरले ट्विटरमा भिडियो पोस्ट गरेर भने कि मानिसहरुलाई लकडाउनबारे समयमै सूचित गरिएन।
त्यसपछि गृहमन्त्री सुलेमानले उक्त परिस्थितिको जिम्मेबार आफू रहेको बताउँदै ट्विटरबाटै राजीनामाको घोाषणा गरे।