हेटौंडा- जिल्ला समन्वय परिषद् मकवानपुरको सक्रियतामा जिल्लाका स्थानीय निकाय र सामाजिक विकास मन्त्रालयसहितले कोरोना भाइरसको सङ्क्रमणको विरामीलाइ तत्काल उपचार गर्न रु २५ लाख सहयोग जुटाइ खर्च गर्ने निर्णय गरेको छ।
सङ्क्रमण भएका विरामीलाई तत्काल उपचारको क्रममा आवश्यक पर्ने सामग्री खरिद गर्न सो रकम प्रयोग गरिने भएको जिल्ला समन्वय परिषद् मकवानपुरका प्रमुख रघुनाथ खुलालले बताएका छन्।
साथै कोरोना भाइरसका शङ्कास्पद विरामीलाइ राख्ने क्वारेन्टाइनको लागि आवश्यक सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई पनि आवश्यक पर्ने सामाग्री उपलब्ध गराउन प्रदेश सरकारलाइ पनि अनुरोध गरिसकिएको उनले जानकारी दिएका छन्।