काठमाडौं– संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन ९युनेस्को० नेपालका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालयले राष्ट्रसङ्घको प्राथमिकतामा रहेको विश्व नागरिक शिक्षा कार्यक्रमलाई प्रदेश र स्थानीय तहमा लाने तयारी गरेको छ।
शान्ति, सुरक्षा, हरित, वातावरण अनुकूलन, सरसफाइ, सामाजिक संहिता आदि विश्वको साझा सवाल भएकाले यस्ता विषयमा हरेक तहका सरकार र जनप्रतिनिधिमार्फत् जनचेतना र वकालतका लागि सो सचिवलयले कार्यक्रम अघि सारेको हो।
सचिवालयका सहायक महासचिव डा बाबुराम अधिकारीले विश्व नागरिक शिक्षा र दिगो विकासको लक्ष्य नं ४ को शिक्षाका लक्ष्यप्राप्तिका लागि राष्ट्रिय कार्याढाँचाबमोजिम त्यसलाई स्थानीयकरण पनि गरिने बताएका छन्।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अध्यक्ष रहने सो आयोगको महासचिवमा शिक्षासचिव रहने व्यवस्था छ भने सहायक महासचिवमा डा अधिकारी गत असार २५ गते सो पदमा नियुक्त भएका थिए।
विश्व बजार अनुकूलको सक्षम नागरिक उत्पादन गर्न विश्व नागरिकको परिकल्पना हो। उनले नेपालका अमूर्त ९अभौतिक० संस्कृतिको खोज अनुसन्धान र ज्येष्ठ नागरिकको अनुभवको रुपान्तरणका लागि पनि नवप्रवर्तनात्मक काम अघि सारिएको जानकारी दिएका छन्।
दिगो विकासको लक्ष्य नं ४ ले ‘समावेशी, समतामूलक, गुणस्तरीय शिक्षाको सुनिश्चिता र सबैका लागि जीवनपर्यन्त सिकाइका अवसरको प्रवद्र्धन’ गर्ने उल्लेख गरेको छ। सो सचिवालयका सचिव खगराज पौडेलले युनेस्को सचिवालयले विभिन्न राष्ट्रिय एवं अन्तर्रा्ष्ट्रिय संस्था, आबद्ध क्लब र विद्यालयसँग सहकार्य र समन्वयका लागि युनेस्को मुख्यालय पेरिसबाट स्वीकृत हुने परियोजना तथा कार्यक्रमका आधारमा गतिविधि सञ्चालन गर्ने जानकारी दिएका छन्।
युनेस्को शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक, सञ्चार र सामाजिक क्षेत्रमा कार्यरत एक राष्ट्रसङ्घीय निकाय हो। यसको हाल १९३ मुलुक सदस्य छन्। रासस