उर्लाबारी - आफ्ना पुर्वअध्यक्ष प्रेमचन्द्र वाहेतीको चरित्र हत्या गर्न खोजीएको भन्दै उर्लावारी उद्योग वाणीज्य संघले आपत्ती जनाएको छ। एक अनलाईनमा वाहेतीको नाम जोडिएर आएको समाचारको भत्र्सना गर्नका आयोजीत पत्रकार सम्मेलनमा संघका अध्यक्ष प्रितम खड्गीले सत्यतथ्य समाचार लेख्न आग्रह गरे।
“उर्लाबारीमा प्लाष्टिकको चामल भेटियो भन्ने शिर्षकमा अनावश्यक रुपमा वाहेतीको नाम जोडियो” संघका अध्यक्ष खड्गीले भने, “प्लाष्टिकको चामल भेटिएको बिषयमा हामी पनि खोजी गरीरहेका छौँ।” ल्याबबाट प्रमाणीत नै नभई समाचार लेख्नु गलत भएको उनले बताए।
यस बिषयमा पुर्वअध्यक्ष वाहेतीका छाेरा नीरज वाहेतीले आफ्नो बुवाको नाम जोडीएर आएको समाचारका कारण आँफुहरुलाई दुखी बनाएको बताए। ‘कस्ले कुन ईन्टेन्सनले गर्यो बुझ्नै सकिएन।”
यता रातोकलम डट कमका प्रधान सम्पादक तेजन खड्काले प्लाष्टिकको चामलको बिषयमा आफ्नो अनलाईनमा आएको समाचारप्रती आँफु बिश्वस्त रहेको बताए। “मेरो समाचारका कारण कसैलाई समस्या भएको भए कानुनी बाटोमा जान सकिन्छ,” नेपाली पब्लिकसँग कुरा गर्दै पत्रकार खड्काले भने, “यस बिषयमा थप कुराहरु बाहिर ल्याउँदैछौ, केहि समय पर्खिनुस न।”
“पत्रकार सम्मेलन गरेको भन्ने सुने,” चामलको गुणस्तरको बिषयमा बिस्तृत छानविन गर्ने निकाय अर्कै भएको बताउँदै उनले थपे, “कानुनी बाटो अपनाएर मलाई कारवाही गर्न चेतावनी दिन्छु।”