इंग्लिस प्रिमियर लिगमा गोलकिपर एलिसन बेकरले गोल गर्दै लिभरपुललाई महत्त्वपूर्ण जित दिलाएका छन्। गोलकिपर एलिसनले इन्जुरी समयमा निर्णायक गोल गरेपछि लिभरपुलले वेष्टब्रोममाथि २–१ को पुनरागमन जित निकालेको छ।
घरेलु मैदान हल रोब्सन कानुले १५ औं मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। तर ३३ औं मिनेटमा मोहम्मद सालाहले लिभरपुलका लागि बराबरी गोल फर्काए
निर्धारित ९० मिनेटसम्म खेल बराबरीमै थियो। तर थप गरिएको इन्जुरी टाइमको पाँचौ मिनेटमा गोलकिपर एलिसन अघि बढेर ट्रेन्ट अलेक्जान्डर बर्नोल्डको कर्नरमा हेडर गोल गर्दै लिभरपुललाई जित दिलाए। उनी प्रिमियर लिगमा लिभरपुलका लागि गोल गर्ने पहिलो गोलकिपर पनि बने।
लिभरपुलका लागि याे जित निकै महत्त्वपूर्ण जित हो। यस जितपछि लिभरपुलले शीर्ष चारमा रहँदै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना कायमै राखेको छ। अंक तालिकामा पाँचौ स्थानमा रहेको लिभरपुलले चौथो स्थानको चेल्सीसँग अंक दूरी १ मा झारेको छ।
३६ खेलबाट लिभरपुलको ६३ अंक छ । समान खेलबाट चेल्सीको ६४ अंक छ। अर्को चरणमा तेस्रो स्थानको लेस्टर र चेल्सी खेल्ने भएकाले पनि लिभरपुललाई फाइदा छ।