इयरफोनको प्रयोग बढ्दो छ । धेरै मानिसहरु यसलाई आफ्नो घाँटीमै झुण्डयाई राख्छन् । कतिपयले इयरफोनबिना गीत नसुन्ने, भिडियो नै नहेर्ने मानिसहरु पनि गर्छन् । यदि तपाईं पनि त्यस्तो गर्नुहुन्छ भने सचेत हुनुपर्ने बेला आएको छ ।
पछिल्लो समय गरिएको अनुसन्धानहरुले घण्टौंसम्म इयरफोनको प्रयोग गर्नेको कानको सुन्ने क्षमतामा कमी आउने देखाएको छ । कोरोनाकालमा इयरफोनको प्रयोगकर्ता अधि बढेपछि गरेको अनुसन्धानले यो देखाएको हो ।
बारम्बार प्रयोग नगर्नुहोस्
इयरफोनमा घण्टौंसम्म काम गर्नुपर्दा हरेक घण्टाको बीचमा १० मिनेटका लागि कानबाट हटाउने गर्नुस् । यसो गर्दा तपाईंको कानलाई आराम मिल्छ र यसले घण्टौंसम्म कानमा इयरफोन राख्नाले टाउको दुख्ने समस्या कम गर्छ ।
सेनिटारजरको प्रयोगपछि मात्र प्रयोग गर्नुहोस्
इयरफोनको प्रयोग कानको भित्री भागसम्म हुने हुनाले जस्तासुकै इयरफोनको प्रयोगले कानमा संक्रमण हुन सक्छ । त्यसकारण इयरफोनलाई राम्रोसँग सफा गरिएन भने यसले कोरोना संक्रमणको जोखिम बढाउन सक्छ । त्यसैले जहिले पनि इयरफोनको प्रयोग गर्नु अघि सेनिटाइजरले इयरफोन सफा गर्न राम्रो हुन्छ ।
भोल्युम केवल ४० प्रतिशतमा राख्नुहोस्
इयरफोनमा चर्को आवाजमा सुन्दा कानलाई क्षति र्पुयाउँछ, र यसले सुन्ने क्षमतालाई कम गर्छ । जहिले पनि इयरफोनको प्रयोग गर्दा आफ्नो ग्याजेटको भोल्युम ४० प्रतिशतसम्म मात्र राख्नुहोस् ।
स्पिकर पनि प्रयोग गर्नुहोस्
यदि तपाईंको काम धेरै फोनमा नै बोल्नुपर्ने छ भने सम्भव भएसम्म स्पिकर प्रयोग गर्नुहोस् । तपाईंको अफिसपछि पनि फोनमा कुरा गर्नु पर्ने काम छ भने इयरफोन वा कानमा राखेर बोल्नुको साटो स्पिकरकै प्रयोगलाई बढाउँदै जानुहोस् ।
राम्रो कम्पनीको इयरफोन प्रयोग गर्नुहोस्
इयरफोन किन्ने बेलामा कानको आकार हेरेर किन्ने गर्नुपर्छ । यसो गर्नाले तपाईले प्रयोग गर्ने इयरफोनले तपाईंको कानमा कुनै पनि पीडा दिँदैन । अनलाइनमा बढी बैठक हुन्छ भने इयरफोनको सट्टा हेडफोनको प्रयोग गर्नुहोस् । यसले कानलाई पनि सान्त्वना प्रदान गर्दछ भने संक्रमणको पनि सम्भावना हुँदैन ।
यात्राको कुरो
धेरै जसोले यात्रामा बढी इयरफोनको प्रयोग गर्छन् । अन्य मान्छेको आवाज सुन्न नपरोस् र यात्रालाई सरल बनाउनको लागि इयरफोनमा चर्को गीतहरू सुन्छन् । उनीहरुको यसको कामले बाहिरका आवाजबाट त जोगाउँदछ तर उनीहरूले इयरफोनको लगातारको आवाजले बढी नोक्सान पुर्याउँछ ।