काठमाडौं– सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच आज पनि भेटवार्ता सुरू भएको छ। प्रधानमन्त्री एवम् नेकपाका अक्ष्यक्ष केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री सरकारी निवास बालुवाटार पुगेका हुन्।
नेकपाभित्र चलिरहेको विवाद समाधानका लागि उनीहरुबचि छलफल भएको जनाइएको छ। यसअघि सोमबार पनि उनीहरुबचि छलफल भएको थियो।
वरिष्ठ नेता माधव कुमर नेपाल र प्रचण्ड प्रधानमन्त्री र अध्यक्ष एउटा पदबाट राजीनामा दिनुपर्ने पक्षमा छन्। तर यता प्रधानमन्त्री भने दुवै पद नछोड्ने अडानमा छन्।