काठमाडौं– डिएनए जुन एक पुस्ताबाट अर्कोमा सर्छ। अर्थात् डिअक्सिराइबो न्युक्लिक एसिड प्राणीको वंशाणु हो। डिएनए प्राणीमा आनुवंशिक नियमावली भएको अणु हो, जुन घुमाउरो सिँढीको आकारमा हुन्छ।
डिएनएले जैविक जानकारी भण्डारण गर्छ, डिएनएमा भएका सूचना बोक्ने मोलिक्युलले जीवन कस्तो हुन्छ भन्ने निर्धारण गर्छ। डिएनएमा भएका सूचना बोक्ने मोलिक्युलले जीवन कस्तो हुन्छ भन्ने निर्धारण गर्छ।
डिएनएले जैविक जानकारी भण्डारण गर्छ, जुन एक पुस्ताबाट अर्कोमा सरिरहन्छ। संसारभरका मानिसको डिएनएमा ९९.९ प्रतिशत समानता हुन्छ। यसको अर्थ सबै संसारका कुनै पनि मानिसको डिएनए तपाईंको डिएनएसँग ९९.९ प्रतिशत मेल खान्छ।
मानव शरीरको प्रत्येक कोषिकामा डिएनए हुन्छ । कोषिकाभित्र खुम्चिएर रहने यो ०.९ माइक्रोमिटरको लम्बाइको हुन्छ । डिएनएमा जीवित प्राणीको सम्पूर्ण जानकारी हुन्छ, जुन परीक्षणबाट प्रमाणित गर्न सकिन्छ।
प्रत्येक मानिसमा ०.९ प्रतिशत डिएनएको संरचना मात्र फरक हुन्छ, जसबाट व्यक्तिको पहिचान गर्न सकिन्छ। सन् १८७९ मा स्विट्जरल्यान्डमा चिकित्सक फेडरिक मिसचेरले डिएनए पत्ता लगाएका थिए। सोही कारण उनी नोबेल पुरस्कारबाट सम्मानित भए।